मुस्ताङका तीन स्थानमा कांग्रेसको जित, भत्कियो एमालेको गढ

मुस्ताङ | मंसिर ५, २०७९

मुस्ताङका तीन स्थानमा कांग्रेसको जित, भत्कियो एमालेको गढ

मुस्ताङ:   हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


२०७४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै जितेको एमाले शून्यमा पुगेको छ ।


यसअघि मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा (क) मा विजयी भएको कांग्रेसले मुस्ताङको प्रदेशसभा  (ख) मा पनि  विजयी हासिल गरेको छ ।


प्रदेशसभा (ख) मा विकल शेरचन दुई हजार ७२३ मतसहित विजयी हुनुभएको छ । शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेश– (ख) मा राप्रपा नेपालका उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत प्राप्त गरी तेस्रो बन्नु भएको छ ।


यसअघि प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का ६० वर्षीय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । मुस्ताङको विजयीसँगै १६५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले जितको खाता खोलेको हो । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।


गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।


नवनिर्वाचित योगेश नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।त्यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी हुनुभएको छ ।


गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याउनुभएको छ ।

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ ।  प्र...

थप पढ्नुहोस्

पोखरा:     गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगी...

थप पढ्नुहोस्

पोखरा:     मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ ।  प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी व...

थप पढ्नुहोस्