मुस्ताङका तीन स्थानमा कांग्रेसको जित, भत्कियो एमालेको गढ
मुस्ताङ | मंसिर ५, २०७९
मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै जितेको एमाले शून्यमा पुगेको छ ।
यसअघि मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा (क) मा विजयी भएको कांग्रेसले मुस्ताङको प्रदेशसभा (ख) मा पनि विजयी हासिल गरेको छ ।
प्रदेशसभा (ख) मा विकल शेरचन दुई हजार ७२३ मतसहित विजयी हुनुभएको छ । शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेश– (ख) मा राप्रपा नेपालका उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत प्राप्त गरी तेस्रो बन्नु भएको छ ।
यसअघि प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का ६० वर्षीय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । मुस्ताङको विजयीसँगै १६५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले जितको खाता खोलेको हो । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।
गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।
नवनिर्वाचित योगेश नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।त्यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी हुनुभएको छ ।
गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याउनुभएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

