मनाङ प्रदेशसभा (क) मा कांग्रेसका मुनिन्द्रजंग निर्वाचित
मनाङ | मंसिर ५, २०७९
मनाङः मनाङको प्रदेशसभा (क) मा एमालेका उम्मेदवारलाई पराजित गदैं कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।
प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

