विश्वकप फुटबल: इङग्ल्यान्डको सानदार सुरुआत
काठमाडाैं | मंसिर ५, २०७९
काठमाडौंः फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।
कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो । इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । यता इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काए ।
खेलको ३५औँ मिनेटमा वेलिङघमले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । खेलको ४४औँ मिनेटमा साकाले गोल गर्दै इङग्ल्यान्डको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा स्ट्रर्लिङले गोल गरेपछि इङग्ल्यान्ड खेलको पहिलो हाफमा ३–० ले अघि रह्यो ।
यसैगरी खेलको ६२औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई ४–० को अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा इरानका खेलाडी तारेमीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले गोल गर्दै इङ्ग्ल्यान्डलाई ५–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट पनि बित्दै नपाउँदै उनले गोल गरे । खेलको ९०औँ मिनेटमा अर्का सब्सिच्युड खेलाडी ग्रेलिसले गोल गर्दै इङग्ल्यान्डलाई ६–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा इरानका खेलाडी तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गदै खेललाई ६–२ को स्थितिमा ल्याए । इङग्ल्यान्डका खेलाडीले पेनाल्टी क्षेत्रमा इरानी खेलाडीलाई फउल गरेपछि पाएको पेनाल्टीमा तारेमीले गोल गरेका थिए ।
यस जितसँगै इङग्ल्यान्डले पहिलो खेलमै शीर्ष ३ अङ्क जोडेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । आजै राति १२स्४५ बजे समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि समूह ए मा रहेको सेनेगल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । उक्त खेल अहिले ९ः४५ बजे सुरुआत हुनेछ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन् । ...
काठमाडौं: नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही ग...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्न...

