नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः मन्त्री महत

काठमाडाैं | साउन ८, २०८०

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः मन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्।

 

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज हुने बताएका हुन्।आर्थिक वृद्धि सुनिश्चित गर्ने र मूल्यलाई एउटा तहमा राख्ने वित्त नीती र मौद्रिक नीतिको लक्ष्य रहेको मन्त्री महतले जानकारी दिएका छन्। 

 

‘त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर पनि कम भएर जान्छ,’ उनले भने।समग्रमा हेर्दा मूल्यवृद्धि  पनि  कम भएको मन्त्री महतको दाबी छ। ‘कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ,’ उनले भने।


मन्त्री महतले विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा सरकार अघि बढेको बताए।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्