पाल्पाका ३४ स्वास्थ्यसंस्थाले प्रयोग गर्ने पानीमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’
पाल्पा | असार ३१, २०८०

पाल्पा: पाल्पाका ८९ स्वास्थ्य संस्थामध्ये ३४ वटाले दूषित पानी प्रयोग गरिरहेको भेटिएको छ । ८९ स्वास्थ्य संस्थामा बिरामी तथा कुरुवाहरुले प्रयोग गर्ने पानीको परीक्षण गर्दा ३४ वटाको पानीमा दिसामा पाइने कोलीफर्म भेटिएको हो ।
कोलीफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिसामा पाइने एक प्रकारको जीवाणु हो । जिल्लाका दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
रिब्दीकोट, माथागढी र बगनासकाली गाउँपालिकाका ६र६ वटा गरी १८ वटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म भेटिएको छ । त्यस्तै, रैनादेवी छहरा र तिनाउँ गाउँपालिकाका तीन÷तीन वटा, रम्भा गाउँपालिकाका दुई वटा तथा निस्दी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकामा तीन वटा र तानसेन नगरपालिकाको एउटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म जीवाणु फेला परेको छ ।
स्वास्थ्य कार्यालयले पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र महामारीबाट बच्न पानीको जाँच गरिएको जनाएको छ । जाँच गरिएकामध्ये ४० प्रतिशत स्वास्थ्य कार्यालयको पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. गिरीले जानकारी दिए । दुषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई सुझाव दिइएको उनले बताए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...