पोखरा महानगरले भन्यो- ‘तपाइहरुलाई सिधा भाडा बुझाउने व्यवस्था मिलाउँछौं’
सर्वपक्षिय निर्णय कार्यान्वयन गर्न व्यवसायीहरुको पुन: आन्दोलन
पाेखरा | असार २७, २०८०
पोखरा: पोखरा महानगरपालिकाले हङकङ बजार व्यवसायीहरुले कृषि सामाग्री कम्पनी लिमिटेडलाई सिधा भाडा बुझाउने व्यवस्था मिलाउने प्रतिवद्धता गरेको छ ।
पोखरा महानगरपालिका, हङकङ बजार व्यवसायी, पोखरामा क्रियाशिल राजनैतिक दल, पोखरा उद्योग वाणिज्य संघ र व्यवसायीहरुको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हङकङ बजार व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए ।
तिनका अनुसार पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा व्यापार गर्दै आएका व्यवसायीहरुले अहिलेको बहाल रकम भन्दा अत्यधिक वृद्धि गरेर टेण्डर आह्वान गर्दा ठेकेदारले मनोमानी रुपमा भाडा उठाउने भन्दै सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको छ ।
सर्वपक्षीय बैठकमा कम्पनीले आह्वान गरेको टेण्डर भन्दा बढी कबुल गरी बोलपत्र दाताबाट पस्ताव पेश भएको र सो बमोजित ठेक्का स्वीकृत भए उक्त स्थानबाट ठेकेदारले मनोमानी रुपमा भाडा उठाउँदा व्यवासायी विस्थापित हुने भएकाले ठेक्का प्रक्रिया स्थगन गर्न र कृषि सामाग्री कम्पनीलाई न्यूनतम बहाल रकम व्यवसायी संस्थाले सिधा बुझाउने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा एक दशकदेखि व्यापार गर्दै आएका व्यवसायीहरुले कम्पनीले तिर्दै आएको भाडा भन्दा बढी शुल्क राखेर टेण्डर आह्वान भएपछि विगत केही महिना यता आन्दोलन गर्दै आएका थिए ।
सर्वपक्षिय निर्णय कार्यान्वयन गर्न व्यवसायीहरुको पुन: आन्दोलन
पोखरा हङकङ बजार व्यवस्थापन समितिले एक महिना अगाडि सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै महानगरपालिकाका अगाडि प्रदर्शन गरेका छन् ।
पोखरा हङकङ बजार व्यवस्थापन समितिले सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर, स्थानीय सरकार कहाँ छौं न्याय माग्दै आएका छौं, ठेकेदारी प्रथा मान्दैनौ लगायतका प्ले कार्ड सहित पोखरा महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
पोखरा हङकङ बजारका व्यवसायी नविन पौडेलले प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै ठेकेदारी प्रथाका कारण हजारौै युवाहरु रोजगारीका लागि विदेश भासिनु परेको बताए ।
‘राज्यले फाइदा मात्र खोजेको छ, फाइदाका लागि साना किसान र व्यापारलाई नहेरी सबै पक्षमा ठेकेदारको मनोमानी छ’, पौडेलले भने, ‘जुनसुकै क्षेत्रमा ठेकेदारीको मनोमानी हुँदा हजारौं युवाहरु विदेश जान बाध्य छन् ।’
उनले कृषि सामाग्री लिमिटेडले टेण्डर प्रक्रिया खारेज गरेर हङकङ बजार व्यवस्थापन समितिले सिधा रुपमा भाडा तिर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।
व्यवसायीहरुले पोखरा हङकङ बजारमा ठेकेदार आए भाडा नतिर्ने अडान राख्दै आएका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति...
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्...
काठमाडौं: काठमाडौंका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्...