एक्सनमा पोखरा महानगर: रंगशाला गेटदेखि चल्यो डोजर (तस्बिरसहित)
पाेखरा | असार २५, २०८०
पोखरा: पोखरा महानगरपालिका मापडण्ड विपरितका संरचना हटाउने भन्दै एक्सनमा उत्रिएको छ ।
महानगरको सूचना पश्चातपनि अटेरी गरेका पृथ्वी राजमार्ग अन्तर्गत पोखरा रंगशाला गेट अगाडिदेखि विजयपुर खोलासम्म (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको हो ।
भिडियाे:
पोखरा महानगरपालिकाले दुइवटा डोजरको प्रयोगमा आज (सोमबार) देखि मापडण्ड विपरितका ति संरचना हटाउन सुरु गरेको महानगरका प्रमुख धनराज आचार्यले बताए ।
उनका अनुसार एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको थियो । यद्यपी उनीहरुले ति संरचना नहटाएपछि एक्सनमा उत्रिनुपरेको बताए ।

उनका अनुसार स्थायी–अस्थायी गरी ६० भन्दा बढी संरचनामा डोजर चल्नेछ । यद्यपी कहिलेसम्म सकिन्छ भन्नेबारे ऐकिन छैन ।
‘आजबाट संरचना हटाउन सुरु गरेका छौ, गर्दै जाउँ कति दिन लाग्छ,’ मेयर आचार्यले भने ।
उनले बाटोका लागि एडीबीको टिम पर्सि आउने बताउदै भने, ‘त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तारको तनहुँ तिरबाट हुदै आएको छ भने पोखरातिरबाट पनि सुरु गरिएको मेयर आचार्यले सुनाए ।
उनका अनुसार उक्त सडक गरेर ४ लेनको बन्नेछ ।
तस्बिरहरू:












नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

