नरेनको सानदार शतकमा नेपालले मलेसियालाई दियो २ सय ५३ रनको लक्ष्य

काठमाडाैं | असार १९, २०८०

नरेनको सानदार शतकमा नेपालले मलेसियालाई दियो २ सय ५३ रनको लक्ष्य

काठमाडौं:    एसिसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा शीर्षक्रमका ब्याटर नरेन भट्टको सानदार शतकमा घरेलु टोली मलेसियालाई २ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८विकेट गुमाउँदै २ सय ५२ रन बनायो ।


नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।


नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका हुन् । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।


नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशु तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगे । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।


मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्