नेप्से ५३ अङ्कभन्दा धेरैले घट्यो
काठमाडाैं | असार १७, २०८०

काठमाडौं: शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ७० अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको नेप्से आज पनि उच्च अङ्कले घटेको हो ।
नेप्से २ हजार ९७ दशमलव २९ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ८६ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर कारोबार भएका छन् । जसमा पाँच अर्ब आठ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज दुई सय सात वटा कम्पनीको शेयर घट्दा सृजनशील लघुवित्त र माउन्टेन इनर्जीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बीपी डब्लू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...