माछापुच्छ्रे गाउँपालिकाको बजेट ६१ करोड ६८ लाख (पूर्णपाठसहित)
पाेखरा | असार ११, २०८०
पोखरा: कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल रु ६१ करोड ६८ लाख ७० हजारको बजेट ल्याएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा सो बजेट प्रस्तुत गरेकी हुन् । बजेटका स्रोतहरुमा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ९ करोड ४७ लाख, संघीय सरकार सर्शत अनुदान रु।२६ करोड ५२ लाख, संघ समपुरक अनुदान तर्फ १ करोड ६५ लाख, संघ विशेष अनुदान रु।एक करोड ३० लाख, संघीय सरकार राजश्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताईन ।
यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट रु। ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान रु। ३० लाख र प्रदेश सरकार समपुरक अनुदान रु ७० लाख अनुमान गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु छ करोड २८ लाख, चालु वर्षको बैँक मौज्दात रकम रु ३ करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क रु ८० लाख, जनसहभागिता रु १० लाख अनुमान रहेको छ ।
उपाध्यक्ष अधिकारीले “उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका“भन्ने लक्ष्य हासिल गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताईन । उनका अनुसार उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रवद्र्धन बजेटको मुख्य उद्धेश्य हो ।
सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु, गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार गर्नु, बसोबास, भौतिक सुबिधा तथा अन्तर आबद्धता सहज, व्यवस्थित र उत्थानशिल बनाउनु, वन, जलाधार एबं जैबिक विविधताको संरक्षण, गुणस्तर तथा दीगो प्रयोगमा अभिबृद्धि गर्नु र विकास पूर्वाधारलाई विपद प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु बजेटका मुख्य उद्धेश्य रहेको गाउँपालिकाले जनाएको छ ।
(पूर्णपाठसहित)
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

