पोखरा हर्पनमा चट्याङ लागेर एकजनाको मृत्यु
पाेखरा | असार १०, २०८०

पोखरा: पोखरामा गएराति चट्याङ लागेर देब बहादुर विकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २३ हर्पनमा गएराति ११:३० बजेको समयमा आफ्नै घरको ढोका लगाउने क्रममा अचानक उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका विकलाई कास्की प्रहरीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो ।
कास्की प्रहरीका अनुसार अस्पतालमा चेकजाँचको क्रममा आज बिहान २ बजे डाक्टरहरुले मृत घोषणा गरेको जनाएको छ । यस्तै गएराति नै बागलुङको ढोरपाटन नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...
काभ्रेपलाञ्चोक: गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘...