पोखरा हर्पनमा चट्याङ लागेर एकजनाको मृत्यु
पाेखरा | असार १०, २०८०
पोखरा: पोखरामा गएराति चट्याङ लागेर देब बहादुर विकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २३ हर्पनमा गएराति ११:३० बजेको समयमा आफ्नै घरको ढोका लगाउने क्रममा अचानक उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका विकलाई कास्की प्रहरीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो ।
कास्की प्रहरीका अनुसार अस्पतालमा चेकजाँचको क्रममा आज बिहान २ बजे डाक्टरहरुले मृत घोषणा गरेको जनाएको छ । यस्तै गएराति नै बागलुङको ढोरपाटन नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

