ट्रेकिङ गाइडको ५ वर्षमा बढ्यो १ हजार पारिश्रमिक
पाेखरा | असार ५, २०८०

पोखरा: ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको पाँच वर्षपछि पारिश्रमिक वृद्धि गरेको छ ।
यसअघि टानले २०७५ सालको मंसिरमा पछिल्लो पटक बढाएको थियो ।
त्यसपछि अहिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी पथ प्रदर्शकका रुपमा खटिने ट्रेकिङ गाइड, सहायक गाइड, सहयोगी मजदुरको दैनिक पारिश्रमिकमा वृद्धि गरेको हो ।
टानका महासचिव विनोद सापकोटाका अनुसार यसअघि पथ प्रदर्शकको दैनिक पारिश्रमिक २ हजार १ सय थियो भने अब ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।
यसअघि अन्नपूर्णमा जाने गाइडको ज्याला प्रतिदिन २ हजार १०० रुपैयाँ थियो । सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन २ हजार २६८ रुपैयाँ रहेको थियो ।
अब सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार ८ सय पुगेको छ । यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन २ हजार १६ रुपैयाँ र सगरमाथाको २ हजार १ सय रुपैयाँ प्रतिदिन तोकिएको थियो ।
सहयोगी श्रमिक/मजदुर (पोर्टर)को पारिश्रमिक अब २ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि उनीहरुको पारिश्रमिक अन्नपूर्णमा १ हजार ९ सय ३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा २ हजार १ सय रुपैयाँ रहेको थियो ।
यो निर्णय टानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमासमेत जानकारी गराइसकेको छ ।
उक्त निर्णयलाई कार्यान्वयनमा लैजानका लागि प्रदेशको बैठक बसेर पारित गर्ने तयारी रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘हामीलाई हिजोमात्रै पत्र आको छ । अब बैठक बसेर कार्यान्वयनको पाटोमा लैजानै तयारीमा छौ,’ उनले भने ।
टानको तथ्याङ्क अनुसार अहिले देशभर ३ हजार ८ सय हाराहारी ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या करिब २ हजार ८ सय छ ।
देशभर २० हजार हाराहारी ट्रेकिङ गाइडले लाइसेन्स लिएका छन् भने टुर गाइडको संख्या भने करिब ५ हजार छ ।
चितवन: मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु ...
गुल्मी: गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्...
काठमाडौं: एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेल...