पोखराको सेदीमा १ अर्बको ‘दोर्जे रिर्सोट’
पाेखरा | असार ३, २०८०
PHOTO: SAGAR TIMILSINA
पोखरा: पोखरा महानगरपालिका १८ स्थित अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनीमा १३ भिल्लासहित दोर्ज रिसोर्ट एण्ड स्पा सञ्चालनको तयारी छ ।
नेपाली परम्परा र आधुनिक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा निर्मित दोर्जे रिर्सोट एण्ड स्पा यही महिनाको पहिलो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक दोर्जे तामाङले बताए ।
उनका अुनसार जग्गासहित करिब १ अर्बको लागतमा उक्त रिसोर्ट निर्माण गरिएको हो ।
उनले नयाँ अवधारणा अनुसार बनाइएको कारण पर्यटक भित्रिने अपेक्षा लिइएको छ ।
उक्त रिर्सोटमा हाल २३ वटा कोठा छन् । जसमा १९ डिलक्स र ४ वटा सुइट रुम छन् । अन्तिमसम्म ३१ वटा रुप तयार तामाङले बताए ।
यस्तै रिर्सोटमा जिम हल, सेमिनार हल, स्विमिङ पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगायतका सेवाहरु छन् । आन्तरिक पर्यटकका लागि प्रतिदिन कोठाको शुल्क २५ हजारबाट सुरु हुने उनले बताए ।
यस्तै विदेशीका लागि भने २ सय ५० डलर देखि ७ सय डलरसम्म निर्धारण गरिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

