फिर्केखोला आफ्नै लयमा बग्न पाउँदैन ?

मापडण्ड विपरित निर्मित रिटेनिङ वालमा चल्यो डोजर

पाेखरा | असार १, २०८०

फिर्केखोला आफ्नै लयमा बग्न पाउँदैन ?

पोखरा:    स्वतन्त्र उम्मेदवारबाट काठमाडौका मेयर बनेका बालेन शाह पदभारपश्चात नक्सापास र मापदण्ड विपरित बनेका संरचनामाथि डोजर हान्न निस्किए ।

 

त्यो कार्यलाई निरन्तरता दिए र अनअपेक्षा अनुसारको कार्यसम्पादन गरेको भन्दै ह्वात्तै प्रशंसा बटुले । 

 

त्यसपछि त्यसको दवाब विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुखहरुलाई पर्याे । यस्तै पोखरा महानगरपालिकाको मेयर धनराज आयार्यलाई पनि त्यो दबावले अछुतो राखेन । 

 

उनले अण्डरग्राउण्डमा सञ्चालन गरिएका व्यवसायीहरुलाई हटाउँदै पार्किङकै रुपमा प्रयोग गर्नुपर्ने सूचना जारी गरे । ३५ दिने अल्टिमेटमपछि डोजर साथमा बोकेर निस्किए ।  

 

 

उनले केही दिन अगाडि फेवातालको सिमसार क्षेत्रमा कृषिका लागि भन्दै पुरेको जग्गा र अनधिकृत रुपमा गरिएका प्लटिङमा डोजर चलाएका थिए ।

 

आज (शुक्रबार) उनकै निर्देशनमा फिर्के खोलाको बहाव नै परिवर्तन गर्ने गरी बनाइएको संरचनामा डोजर चलाएको छ । 

 

पोखरा महानगरपालिका ९ स्थित रहेको सगरमाथा बोर्डिङ स्कुलले फिर्केखोलाको मापदण्ड मिचेर बनाएको रिटेनिङ वालमा महानगरले शुक्रबार डोजर लगाएर भत्काएको हो । 

 

स्कुल व्यवस्थापन समितिलाई यसअघि मापडण्ड विपरित कुनै पनि संरचना नबनाउन सुचित गरेको बताउदै नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले आदेश अवज्ञा गरेकाले डोजर चलाउन बाध्य भएको बताए । 

‘संरचना बन्नु अगाडि नै हामीले सगरमाथा बोर्डिङलाई फिर्केखोलाको मापदण्ड विपरित संरचना नबनाउन सूचना दिएका हौें’, उनले भने, ‘महानगरपालिकाको सूचना विपरित बोर्डिङले खोलाको बहाव परिवर्तन गर्ने गरी संरचना बनाएपछि डोजर लगाएर भत्काएका हौं ।’

 

थापाले फिर्के खोला आफ्नै लयमा बग्न पाउनुपर्ने बताए । ‘फिर्केखोलाको आफ्नै महत्व छ । यसको संरक्षणको जिम्मा महानगरको मात्रै होइन । आम नागरिकको पनि हो, के फिर्केखोला आफ्नै लयमा बग्न पाउँदैन ?,’ उनले प्रश्न गरे ।

उनले फिर्के खोलाको मापदण्ड फिचेर बनाएका व्यक्तिगत घर तथा भवन, समाज घरलाई भत्काएर फिर्केखोलाको मापदण्डलाई कार्यान्वयन गर्ने बताए । 

 

उनका अनुसार पोखरा महानगरपालिकाले अहिले फिर्केखोलाको दायाँ र बायाँ दुवैतर्फ १०÷१० मिटर मापदण्ड कायम गरेको छ । 

 

महानगरको डोजरले भत्काएको यो पहिलो संरचना भने होइन । महागनरले पटकपटक फिर्के खोलामा मापदण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएर भत्काउँदै आएको छ । 

 
 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्