रुपा गाउँपालिका अध्यक्ष ओझालाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण
प्रमुख प्रशासकिय अधिकृतलाई सूचना उपलब्ध गराउन माग
पाेखरा | जेठ ३२, २०८०
पोखरा: नेपाली कांग्रेस रुपा गाउँपालिकाले गाउँपालिका अध्यक्ष नवराज ओझालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति बिमल न्यौपानेको नेतृत्वमा गाउँपालिका अध्यक्ष ओझालाई आज (बिहीबार) १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेस रुपाले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनको बारेमा ध्यानकर्षण भएको जनाएको छ ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘पालिकाको सार्वजनिक सम्पत्तिको संरक्षण नभएको, सार्वजनिक जग्गामा राजनैतिक दलले कब्जा गरेको, अध्यक्षको एक निर्णयमा तोक आदेशको भरमा ठुलो रकम अबण्डा राखी १ लाख सम्मको योजना छनौट गरी भुक्तानी गर्ने निरकुंश हुकुमी शैली तत्काल बन्द गर्न उल्लेख गरेको छ ।’
यस्तै कोरोना महामारीको नाममा औषधिमा भएको आर्थिक अनियमिता, कोरोना महामारीमा भएको सम्पूर्ण आम्दानी खर्च सार्वजनिक देखि प्रधानमन्त्री युवा स्वरोजगारको नामा भएको अनियमितताको बारेमा सत्य तथ्य जानकारी दिन समेत माग रुपा कांग्रेसले माग गरेको छ ।
रुपा कांग्रेसले भुकम्प प्राधिकरण तथा विपद व्यवस्थापनको घर सिफारिस गर्दा राजनैकि आस्थाको आधारमा सिफारिस गरेको, एकै व्यक्तिको नाममा दोहोरो सुविधा दिइएको, सवारी साधन मर्मत,इन्धन खर्च, खाजा खर्चका नाममा भएको आर्थिक हिनामिनाले रुपा गाउँपालिका भ्रष्टाचारमा रमाएको आरोप लगाएको छ ।
यस्तै राजनैतिक आस्थाका आधारमा उपभोक्ता समितिलाई अनावश्यक दुःख दिएको,सेवामुखी भन्दा कार्यकर्ता मुखी टुक्रे योजना प्राथमिकतामा राखेको, पालिकाभित्रका सडक, कुला, खोलाको आदिको मापदण्ड स्पष्ट कायम गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्रमा पालिका भित्रका स्वास्थ्य, शिक्षा,प्रशासन कृषि सबै समूहका कर्मचारीको सेवा प्रवाहलाई चुस्त बनाउन र अनुसा कायम गर्न आवश्यक निर्देशन दिन र कर्मचारीहरु राजनीतिमा लागेको भन्दै तत्काल कारवाही गर्नसमेत माग गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृतलाई सूचना उपलब्ध गराउन माग
नेपाली कांग्रेस रुपा गाउँपालिकाका कमिटीले रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाको सूचना माग गर्दै ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८०को खर्च र आन्तरिक आम्दानी, गाउँपालिकाको यस आर्थिक वर्षको प्रशासनिक खर्च र नेपाल सरकारबाट स्वीकृत भएका कर्मचारीको दरबन्दी सम्बन्धि सूचना रुपा कांग्रेसले प्रमुख प्रशासकिय अधिकृत समक्ष माग गरेको हो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाको आन्तरिक स्रोतबाट तलब पाउने गरी भर्ना गरिएका कर्मचारी संख्या, पद तलव स्केल र कर्मचारीको नाममा हुने वार्षिक खर्च, पदाधिकारीले प्रयोग गर्ने सवारी साधनको वार्षिक मर्मत खर्च र इन्धन खर्च, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत पालिकाले प्राप्त गरेको रकम र सो शिर्षकमा भएको खर्चको विवरण र गाउँपालिकाको अध्यक्षको एकल तोक आदेशमा यो कार्यकाल र अघिल्लो कार्यकालमा दिइएको योजना र भुक्तानीको एकमुष्ट रकमको सूचना माग गरेको नेपाली कांग्रेस रुपा गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिका अध्यक्षको एकल निर्णय, तोक आदेशमा अहिले दिइएको योजनाहरुको विवरण र तोक आदेशको भरमा गरिएको भुक्तानी बारे कार्यविधि बनेको छ या छैन ? यदी कार्यविधि बनेबो भए सो कार्यविधिको प्रतिलिपिको सूचना उपलब्ध गराउन माग गरेको छ ।
नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति बिमल न्यौपाने, गण्डकी प्रदेश सदस्य अप्सरा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि गीमाया गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधि प्रकाश मोहन खनाल,कास्की क्षेत्र न. १ (क) सह–सचिव विष्णु गुरुङ, प्रदेश (क) सदस्य भुला केसी, पूर्व गाउँपालिका सभापति.तुलबहादुर गुरुङ, पूर्व इलाका सभापति नोयन गुरुङ, रुपा ६ का सभापति बलाराम गुरुङ, नेपाली कांग्रेस रुपाका नेता अर्जुन अधिकारी लगायतको टोलिले आज रुपा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
पोखरा: पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...
पोखरा: पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ । लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...