नेपाल फिलिपिन्ससँग पराजित
काठमाडाैं | जेठ ३२, २०८०
काठमाडौं: नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीवार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो ।
फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जाभिएर गायोसोले गोल गरे । खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन ।
भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो । फिफा वरीयतामा नेपाल फिलिपिन्सभन्दा निकै पछि छ । नेपाल १ सय ७४ औँ स्थानमा छ भने फिलिपिन्स १ सय ३६ औँ स्थानमा छ ।
साफ च्याम्पियनशिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ ।
पोखरा: पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...
पोखरा: पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ । लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...