एसपीपीबारे नेपाली मिडियाले लेखेको समाचार ‘असत्य’ : अमेरिकी दूतावास

काठमाडाैं | असार १, २०७९

एसपीपीबारे नेपाली मिडियाले लेखेको समाचार ‘असत्य’ : अमेरिकी दूतावास

अमेरिकी ‘स्टेटशीप पार्टनर प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा नेपाली अनलाइन सञ्चारमाध्यममा आएको समाचारप्रति नेपालस्थित अमेरिकी दूतावासले प्रष्टीकरण दिएको छ । 

 

समाचारमा जनाइएअनुसार ‘नेपालमा अमेरिकी सैन्य गतिविध हुने’, ‘नेपालमा अमेरिकी सेनाले मोर्चाबन्दी गर्ने’ जस्ता विषय असत्य रहेको दूतावासको टिप्पणी छ । एसपीपी अमेरिकी राज्यको नेशनल गार्र्ड रहेको भन्दै दूतावासले यसमा सामेल हुन कुनैपनि देशलाई आग्रह नगरिने जनाएको छ । 

 

यदि, दूतावसको प्रष्टीकरणलाई आधार मान्ने हो भने यो सम्झौता नेपालले नै चाहेर भएको हो । ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ’ दूतावासले भनेको छ । 

 

अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।

 

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। 
 

 

आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको दूतावासको दाबी छ । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्