वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर नचलाउने

काठमाडाैं | जेठ ३०, २०८०

वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर नचलाउने

काठमाडौं:  वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।

 

चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले मुद्रास्फीतिका लक्षित सीमाभन्दा तल नजाने गरी नीतिगत दर पनि ७ प्रतिशत नै राखेको थियो ।

 

मुद्रास्फीति लक्षित सीमाभन्दा माथि नै रहेकोले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट बैंकदर चलाएपनि नीतिगत दर यथावत राखेको थियो ।


आगामी आर्थिक वर्षको लागि सरकारले बजेट मार्फत मुद्रास्फीति साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य मौद्रिक नीतिलाई दिएको छ । सोही अनुसार मौद्रिक नीतिमा नीतिगत दरहरु तय हुन्छ । बैंकरले मौद्रिक नीतिबाट ब्याजदरको संकेत कुर्दै असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन् ।

 

वैशाखदेखि बैंकहरुको निक्षेपको ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र बचतमा ५.४ देखि ७.४ प्रतिशतको ब्याजदर कायम गरेका छन् ।

 

राष्ट्र बैंकले व्यक्तिगत मुद्दतिमा भन्दा संस्थागत मुद्दतिको ब्याजदर २ प्रतिशत बिन्दुले कम कायम गनुृपर्ने व्यवस्था गरेको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्