मगर संघको आपत्ती: दायाँबायाँ जान्दैनौ, गलत तथ्याङ्क मान्दैनौ
काठमाडाैं | जेठ २९, २०८०

काठमाडौं: राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’लाई छुट्टै जातको रूपमा राखेर तथ्यांक सार्वजनिक गरेपछि नेपाल मगर संघले आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको छ ।
तथ्यांक कार्यालयले जारी गरेको २०७८ को जनगणना अनुसार पुन’ थरको ०.०३ प्रतिशत जनसँख्या छुट्टै सार्वजनिक गरेको थियो ।
नेपाल मगर संघले ‘पुन’ मगर जातिको थर रहेको बताउदै फेरि तथ्याङ्क सच्याएर सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।
नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकमा ‘पुन’लाई छुट्टै जात नभई मगर जातिको थर रहेको मगर संघको स्पष्टोक्ति छ ।
मगर संघले ‘पुन’ थर ‘मगर’ जातभित्र पर्ने भन्दै संघले राष्ट्रिय तथ्यांक कार्यालय परिसर पुगेरै सच्याउन माग गरेको महासचिव टेक बहादुर नाम्जाली मगरले जानकारी दिए ।
सो विरोध कार्यक्रममा आदिवासी जनजनति घटकका विभिन्न संगठनहरुकोसमेत ऐक्यबद्धता रहेको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...