तिलोत्तमामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
रूपन्देही | जेठ २८, २०८०
बुटवल: रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका ६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा ३ शान्तिकुन्जमा दुर्घटना भएको हो । जिप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका श्रेष्ठको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ र ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनकारी दिएका छन्।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

