काठमाण्डौ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडाैं | जेठ २६, २०८०

काठमाण्डौ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाण्डौ:  काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । 

 

महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरी आउँदो आर्थिक वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

 

काठमाण्डौ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत् सेवा प्रदान गर्ने तयारी छ ।

 

अहिले काठमाण्डौ महानगरलगायत देशको सबै पालिकाहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाण्डौ महानगरले आफ्नो नीति तथा कार्यक्रममा नै यो विषय समेटेर आउँदो आवदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

 

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत् महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।

 

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले यो कार्यक्रम काठमाण्डौ महानगरको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाण्डौ महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

 

यो कार्यक्रमसँगै काठमाण्डौ महानगरले आउँदो आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । प्रविधि र विशेष शिक्षामा गएको वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको काठमाण्डौ महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो ।

 

शिक्षाको गुणस्तर बढाउने लक्ष्यसहित काठमाण्डौ महानगरले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सिप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको यो कार्यक्रम तलका कक्षामा पनि लगिने छ ।

 

 काठमाण्डौ महानगरमा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्