काठमाण्डौ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडाैं | जेठ २६, २०८०

काठमाण्डौ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाण्डौ:  काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । 

 

महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरी आउँदो आर्थिक वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

 

काठमाण्डौ महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत् सेवा प्रदान गर्ने तयारी छ ।

 

अहिले काठमाण्डौ महानगरलगायत देशको सबै पालिकाहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाण्डौ महानगरले आफ्नो नीति तथा कार्यक्रममा नै यो विषय समेटेर आउँदो आवदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

 

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत् महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।

 

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले यो कार्यक्रम काठमाण्डौ महानगरको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाण्डौ महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

 

यो कार्यक्रमसँगै काठमाण्डौ महानगरले आउँदो आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । प्रविधि र विशेष शिक्षामा गएको वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको काठमाण्डौ महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो ।

 

शिक्षाको गुणस्तर बढाउने लक्ष्यसहित काठमाण्डौ महानगरले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सिप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको यो कार्यक्रम तलका कक्षामा पनि लगिने छ ।

 

 काठमाण्डौ महानगरमा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्