विन्दुवासिनी संस्कृत विद्यापीठमा बधाई तथा शुभकामना

पाेखरा | जेठ २६, २०८०

विन्दुवासिनी संस्कृत विद्यापीठमा बधाई तथा शुभकामना

पोखरा:    विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच आज बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।


विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नत हुनुभएका सत्यराज सुवेदी, श्रीराम बराल, डा.जगनाथ रेग्मी एवम् हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधी उपाधि प्राप्त गर्नु भएका उपप्राध्यापक डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको हो ।
    

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ ,केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले एघार वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक दुई वर्षको अन्तरालमा यस्तो विज्ञापन  गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो । पदोन्नत प्राध्यापकको प्राज्ञिक क्षमता र सीपबाट विश्वविद्यालयको गरिमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    

कार्यक्रममा खुला प्रतियोगिताद्वारा उप प्राध्यापकबाट प्राध्यापक बन्न सफल डा.जगन्नाथ रेग्मीसहित सम्मानित प्राध्यापकहरू एवम् प्रा.डा.शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सह प्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समितिका अध्यक्ष दुर्गारमण पराजुलीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।     प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपसभापति प्रकाश पौडेलले स्वागत  तथा सचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो
 

बाँके:   चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ ।   फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ ।   अ​न्...

थप पढ्नुहोस्

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।   बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न सं...

थप पढ्नुहोस्

काठमाडौँ:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएक...

थप पढ्नुहोस्