विन्दुवासिनी संस्कृत विद्यापीठमा बधाई तथा शुभकामना
पाेखरा | जेठ २६, २०८०
पोखरा: विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच आज बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नत हुनुभएका सत्यराज सुवेदी, श्रीराम बराल, डा.जगनाथ रेग्मी एवम् हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधी उपाधि प्राप्त गर्नु भएका उपप्राध्यापक डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ ,केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले एघार वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक दुई वर्षको अन्तरालमा यस्तो विज्ञापन गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो । पदोन्नत प्राध्यापकको प्राज्ञिक क्षमता र सीपबाट विश्वविद्यालयको गरिमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा खुला प्रतियोगिताद्वारा उप प्राध्यापकबाट प्राध्यापक बन्न सफल डा.जगन्नाथ रेग्मीसहित सम्मानित प्राध्यापकहरू एवम् प्रा.डा.शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सह प्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समितिका अध्यक्ष दुर्गारमण पराजुलीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति प्रकाश पौडेलले स्वागत तथा सचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

