मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई
काठमाडाैं | जेठ २१, २०८०
काठमाण्डौ: नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ ।
आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो ।
बाङ्गीमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १४ रनमा अविजित रहिन् । बिन्दु रावल र इन्दु बर्मा समान ५ तथा कविता कुँवर ४ रनमा आउट भइन् ।
मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।
मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले सर्वाधिक ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । महिराह इजाती इस्मालीले २० रन बनाइन् । नेपालकी कविता कुँवरले दुई र ईश्वरी विष्टले एक विकेट लिइन् ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

