ठकुरी समाज तनहुँलाई भलिबलको उपाधि
पाेखरा | जेठ २०, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ ।
शनिबार सम्पन्न भएको फाइनल खेलमा ठकुरी समाज तनहुँले घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । ठकुरी समाज तनहुँले क्ल्यूलाई २५–१८, २३–२५, २५–१६,२१–२५ र निर्णायक तथा पाँचौ सेट १५–११ ले जित्दै उपाधि जितेको हो ।

उपविजेता घान्द्रुक क्ल्यू
उपाधि विजेता ठकुरी समाज तनहुँले नगद ८० हजार पुरस्कार प्राप्त ग¥यो भने, उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरेको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथन तथा महोत्सव सञ्चालन गर्दै आएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

