गण्डकीका पत्रकारलाई 'खेल पत्रकारिता तालिम'

पाेखरा | जेठ १९, २०८०

गण्डकीका पत्रकारलाई 'खेल पत्रकारिता तालिम' PHOTO: NSJF GANDAKi

पोखरा:  पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ ।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७  देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो ।

 

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सत्य र तथ्यमा आधार रहेर समाचार संप्रेषण गर्नुपर्ने जोड दिए ।

 

उनले पत्रकारिता जिम्मेवार पेशा रहेको बताउदै नागरिकलाई भ्रम सिर्जना हुने खालको सूचना बाहिर ल्याउन नहुने धारणा राखेका थिए । 

 

यस्तै मुख्य प्रशिक्षक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) तालिममा सिकेका सकरात्मक पक्षलाई व्यवहारमा उतार्नुपर्ने बताए ।
 

सुवेदीले फरक प्रसंगमा बोल्दै आयोजक संस्था र केन्द्रीय समिति नेपाल खेलकुद पत्रकार मञ्च बीचको सम्बन्ध छिटै जोडिने स्पष्ट पारे ।

 

तीन दिन सञ्चालन भएको खेल पत्रकारिता तालिममा टेनिस, भलिबल, क्रिकेट र फुटबलको विषयमा तालिम प्रदान गरिएको थियो । सो तालिममा गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत लगायतको जिल्लाका क्रियाशिल ८० पत्रकारको सहभागिता रहेको थियो ।
 

पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् ।   दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...

थप पढ्नुहोस्

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ ।    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।   लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...

थप पढ्नुहोस्