भेरी अस्पतालमा आकस्मिक सेवा स्तरोन्नति
नेपालगञ्ज | जेठ ११, २०८०
फाइल तस्बिर
बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ ।
अहिलेसम्म १५ शय्या रहेकामा थपेर अब आकस्मिक सेवामा ३० शय्या पुर्याएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ ।
झण्डै ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याउने तयारी रहेको पनि डा. चापागाईँकोे भनाइ छ ।
आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेँलो र हरियो शय्या तथा ठाउँको वर्गीकरण गरिएको छ ।
सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

