संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैन: एमाले

काठमाडाैं | बैशाख ३०, २०८०

संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैन:  एमाले तस्बिर फाइल

काठमाडौं:   नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ।


शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएका हुन् । 


बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 


ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका छन् । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताए।
 

ओलीको भनाइ उद्धृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘‘हिजोदेखि एउटा हल्ला चलाइएको छ( नेकपा (एमाले)को बैठकमा संघीयताका बारेमा बहस सुरु भयो। नेकपा (एमाले)ले संघीयतामा पुनर्विचार गर्ने भयो। अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्ने गलत हल्लाहरु चलेका छन्। यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुहुन्छ।’’


बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना तय गरेको छ। जसमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ।   

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्