जबरजस्ती करणी आरोपमा २ किशोर पक्राउ
उदयपुर | बैशाख २५, २०८०
उदयपुर: १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा बस्ने १८ वर्षीय र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने सोही उमेरकै किशोर रहेका छन् ।
उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

