२२ वर्षदेखि पोखरामा साकेला पर्व (फोटो कथा)

किरात समुदायले मनाए उभौली पर्व

पाेखरा | बैशाख २२, २०८०

२२ वर्षदेखि पोखरामा साकेला पर्व (फोटो कथा)

पोखरा:   पोखरामा किरात समुदायले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा साकेला उभौली (वैशाख पूर्णिमा) पर्व मनाएका छन् । 

 

२०४८ सालदेखि हरेक वर्ष मनाउँदै आएका किरात सेवा समाज कास्कीले माङखिममा प्रकृति पुजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (शुक्रबार) उभौली पर्व मनाएका हुन् ।  

 

किँरात सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र चाम्लिङ राईका अनुसार विशेषगरी वर्षमा साकेला दुई पटक मनाउने प्रचलन छ । उधौली पर्वका रुपमा मंसिरको पूर्णिमा र उभौलीका रुपमा वैशाखको पूर्णिमाको दिनमा साकेला पर्व मनाउने प्रचलन छ । 

 

आज सोही अनुरुप वैशाख पूर्णिमाको दिन उभौली साकेला पर्व मनाएको राईले बताए । ‘हामी प्रकृतिपुजक नै हौ । उभौली र उधौली गरी हामीले वर्षमा दुईपटक साकेला पर्व मनाउछौ, उनले भने,‘मंसिरका पूर्णिमाको दिन मनाउलेलाई उधौली भन्छौ जो अन्नवाली स्याहार्ने समय हो भने अहिले मनाउने भनेको अन्नवाली रोप्ने समय हो यस्लाई उभौली भन्ने गर्छा । यसरी वर्षमा दुई पटक पर्व मनाउने प्रचलन छ ।’

 

उनले किरात समुदाय गण्डकी प्रदेशको रैथाने नभएपनि पूर्वबाट पोखरा बसाईसरेका र विभिन्न कामकाजका लागि पोखरामा रहेका किरातीहरुले सँयुक्त रुपमा उभौली पर्व मनाएको सुनाए । ‘पहिलेपहिले आफ्नो भवन थिएन शान्तिवनमा बनभोज गरेर मनाउने गर्थाै, उनले भने, ‘अहिले आफ्नै समाजघर छ । अचेल यही मनाउने गरेका छौं । यसले एकताको सन्देश पनि दिएको छ ।’

 

उनका अनुसार कास्कीका करिब ७ हजार बढी किँरातीहरु बसोबास गर्दै आएका छन्  । आ –आफ्नो कामका शिलशिलाले गर्दा पूर्वमा जस्तो रौनक भने भेटिदैन । यद्यपी आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । त्यसैले सामुहिक रुपमा पोखरामा उभौली उधौली पर्व तामझामका साथ मनाउदै आएको छ । 

 

सो साकेलामा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको उपस्थिति रहदै आएको छ । 

 

साकेला नाच्दा डोलक र झ्याम्टासहित किँरात पोशाक अपरिहार्य मानिन्छ । आफुलाई किँरात पोशाक लगाउन पाउँदा निकै खुशी लागेको बताउदै पहिचान र अस्तित्व संरक्षणको जिम्मा युवाहरुको काधमा आएको रुविना राईले बताइन् । ‘म आज मात्रै होइन सधै आउँछु । मैले लगाएको किरात ड्रेस हो, उनले भनिन्, ‘हामीले मात्रै होइन  यो पहिरन लगाएको हाम्रो बाउ बाजेको समयदेखि नै लगाउनु भएको हो त्यसैले यसलाई लोप हुन नदिनु हाम्रो दायित्व हो ।’

 

उनले किरात समुदायको संस्कार र संस्कृतिको संरक्षण गर्न सम्बन्धित समुदाय कै कस्सिनुपर्ने सुनाइन् । ‘हाम्रो भाषा, धर्म, र अस्तित्व जोगाउन हामी नै त लाग्नुपर्छ । किनभने यो हाम्रो सम्पत्ति हो,’ उनले भनिन् ।

 

तस्बिरहरू: बिबि रोका मगर/सुनगाभा न्यूज

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ ।  समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...

थप पढ्नुहोस्

काठमाडौं:  सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...

थप पढ्नुहोस्