राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला ?

काठमाडाैं | बैशाख १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला ?

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डलाई) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछानेले भेटेपछि रास्वपा सरकारमा सहभागी हुन्छ वा हुदैन भन्ने विषयले चर्चा पाएको छ ।

 

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ।

 

आज (सोमबार) पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।

 

महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने बताइएकाे छ ।

 

साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा उठेको थियो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्