गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त, सपथ भोलि
पाेखरा | बैशाख १४, २०८०
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य चुनिएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले पद गोपनियताको सपथ भोलि (शुक्रबार) लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ सहित ३५ सांसदको हस्ताक्षरसहित पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी गरिएको थियो ।
गत पुस २५ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत गुमाएका थिए ।
त्यसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुख) बाहेक, राप्रपाका २ र स्वतन्त्र हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद रहेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

