४ सय प्रतिशत भाडा वृद्धि फिर्ता गर !

पाेखरा | बैशाख १४, २०८०

४ सय प्रतिशत भाडा वृद्धि फिर्ता गर !

पोखरा:  संगम मरासिनीले पोखराको हङकङ बजारमा व्यवसाय सुरु गरेको एक दशक पुग्यो । संगमसँगै हङकङ बजारमा ४ सय बढी व्यवसायीले सयुक्त रुपमा विभिन्न व्यवसायमार्फत जिविकोपार्जन गर्दै आएका छन् । 


२०५२ सालदेखि नै पोखराको विभिन्न सडकमा फुटपाथ व्यवसाय गर्दै आएका संगमसहित अन्य फुटपाट व्यवसायीहरुलाई पोखराको विभिन्न राजनीतिक दल, व्यवसायी, प्रशासनको सहयोगमा पोखराको सडकलाई फुटपाथरहित बनाउने उद्धेश्यले पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको जग्गा, पोखरा नगर विकास समतिको पोखराको जग्गामा व्यवस्थापन ग¥यो । 


महानगरपालिकाले तत्कालिन समयमा २०६९\११\१० र १५ गते पोखराका फुटपाथ व्यवसायीहरुलाई पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएको थियो । 


संगम मरासिनी हङकङ बजारमा व्यवसाय गर्दै आएका प्रतिनिधि मात्र हुन् मरासिनीसँगै सयौं व्यवसायीहरुलाई २०६९ सालमा नै पोखरा महानगर ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको नन्द प्रसाद तिवारीले भाडा लिएको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएपनि अहिले कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडाा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । आन्दोलित भएका ति व्यवसायीहरुले पोखरा महानगर घेर्न नै पुगे ।

 

 
महानगर घेर्न पुगेका व्यवसायीहरुले चर्काे नाराबाजी गर्दै आफुहरुको माग सम्बोधन गर्नुपर्ने बताए । धर्नाको क्रममा व्यवसायहीहरुले ‘४ सय प्रतिशत भाडादर वृद्धि फिर्ता गर, हाम्रो माग पूरा गर, ठेकेदारहरु होसियार, उचित भाडादर कायम गर, साना व्यवसायीलाई विस्थापित गर्न पाइदैन’ लगायतका नाराबाजी गरेका थिए ।


‘हिजो हामी सडकका फुटपाथ व्यवसायी हौं, पोखरालाई सुन्दर र फुटपाथ व्यवसायी मैत्री बनाउने योजनामा साथ दिन हामीलाई कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको जग्गामा व्यवस्थापन गरियो, व्यवसायी मरासिनीले भने, ‘तर अहिले बोलपत्र  आह्वान गर्दा हामी व्यवसायी मर्कामा प¥यौं महङ्गो सटरमा व्यवसाय गर्न सक्दैनौं ।’


हङकङ बजारको विवाद के हो ?


कृषि साम्रगी कम्पनी लिमिटेडको स्वामित्वमा रहेको करिब ७ रोपनी जग्गा नन्द प्रसादक तिवारीले फुटपाथ व्यवसायीहरु स्थातान्तरण नहुँदै भाडामा लिएका थिए । उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको करिव ३ रोपनी जग्गामा सयुक्त रुपमा करिव ४ सय बढी फुटपाथ व्यवसायीहरुले तिवारीलाई मासिक रुपमा (६\९ फिटको सटरको ९ सय र ९\९ फिटको सटरको १ हजार २ सय मासिक भाडा दिने सर्तमा व्यवसाय सुरु गरे । 


उक्त निर्णय २०७० वैशाख १ गतेदेखि लागू भएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमारी गुरुङले बताईन् । 


‘फुटपाथ व्यवसायीहरुलाई कृषि साम्रगी कम्पनीको र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको खाली जग्गामा व्यवस्थापन गर्ने महानगरको निर्णय थियो, अध्यक्ष गुरुङले भनिन्, ‘कृषि साम्रगीको जग्गा नन्द प्रसाद तिवारीले भाडामा लिएका रहेछन् उनैलाई मासिक रुपमा (६\९ फिटको सटरको ९ सय र ९\९ फिटको सटरको १ हजार २ सय मासिक भाडा दिने सर्तमा व्यवसाय सुरु ग¥यौं ।’


उनका अनुसार नन्द प्रसाद तिवारीले कम्पनीसँग सम्झौता गरेको म्याद ०७८ माघ २९ गते नै सकिएपछि झण्डै एक वर्षपछि कम्पनीले मासिक ७ रोपनी जग्गाको १२ लाख १५ हजार मा सिलबन्दी बोलपत्र आह्वान गरेपछि आन्दोलनमा उत्रेको बताइन् ।

 
‘सरकारी जग्गामा बसेका छौं हामीले सरकारलाई कर तिदैनौं भनेको होइनौं बजारमा टेण्डरमा जान हुँदैन भन्ने हो, उनले भनिन्, ‘टेण्डरमार्फत आउँदा भाडा महङ्गो हुन्छ, महङ्गो सटरमा व्यवसाय गर्ने लगानी छैन्, लगानी गर्न नसकेपछि सडकमा आउनु बाहेक अरु विकल्प छैन ।’


हङकङ बजार व्यवस्थापन समितिका अनुसार कृषि साम्रगी कम्पनीले नन्द प्रसाद तिवारीको छोरा मिलन प्रसाद तिावरीलाई वार्षिक २० प्रतिशत भाडा वृद्धि गर्दै आइरहेपनि व्यवसायीहरुले ८.३३ प्रतिशत वद्धि गर्दै आएको हाल सम्मको मासिक भाडा तिवारीले कम्पनीलाई मासिक २ लाख ४४ हजार ५ सय १०  बुझाउँदै आएपनि ०७८ माघ २९ देखि करा अवधि समाप्त भएको हो । 


यसैबीच कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको दावी छ । 


के भन्छ पोखरा महानगर ?


हङकङ बजारमा व्यवसायी गर्दै आएका व्यवसायीहरुले कृषि साम्रगी कम्पनी लिमिटेडको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि ठेक्कामा लैजान नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । 


हङकङ बजार व्यवस्थापन समितिले संघीय सरकारका गृहमन्त्रालय, अर्थमन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा वडा नम्बर ९, उद्योग वाणिज्य संघ लगायत विभिन्न राजनीतिक दलहरुलाई ठेक्का कार्यान्वयन गर्न दवाव दिन ज्ञापनपत्र समेत बुझाएका छन् । 


बिहीबार पोखरा महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिदैं पोखरा महानगरका कार्यवाहक मेयर मोति तिम्सिनासँग भएको छलफलमा बोलपत्र आह्वानको मिति वैशाख  २० सम्म भएकाले कृषि साम्रगी कम्पनी लिमिटेडसँग छलफल गरेर जाने निर्णय भएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले बताईन् । 


व्यवसायीको ३ बुँदै माग


हङकङ बजार व्यवस्थापन समितिले अस्भाविक भाडा वृछि गरि आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कयाम गरि सिधै कृषि साम्रगी लिमिटेडले बजार व्यवस्थापन समितिसँग बुझ्ने व्यवस्था गर्न माग गरेको हो ।


समितिले अहिले तिरिरहेको सामान्य भाडादर भन्दा अस्वभाविक रुपमा भाडा वृद्धि गरि आह्वान गरिएको टेण्डरमा प्रक्रियामा कसैलाई पनि सहभागि नहुन समते अनुरोध गर्दै, सहभागि भएर बजारमा भाडा उठाउन आए व्यसायीहरुले भाडाा बुझाउन नसक्ने भन्दै त्यस स्थितिमा आइपर्ने समस्याहरुमा व्यवसायीहरु जिम्मेवार नहुने उल्लेख गरेका छन् । 


टेण्डर प्रक्रियामा सहभागि हुनुभन्दा पहिलो बजार व्यवस्थापन समितिसँग सरसल्लाह र छलफल गर्न दुवै पक्षलाई अनुरोध समेत गरेको छ । माग सहिजिकरण गर्न समिितले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रहरी प्रशासन र सम्बन्धित कार्यालयमा अपिल समेत गरेको छ । 


व्यवसायीहरुले ३ बुँदे मागलाई सम्बोधनलाई नगरी न्यूनगत भाडा दर १२ लाख १५ हजारलाई कायम गरी टेण्डर प्रक्रियामा गए सम्पूर्ण व्यवसायीहरु पुनः फुटपाथमै व्यवसाय गर्ने चेतावनी समेत दिएका छन् । 


समितिले आज वैशाख १४ गते बिहान १० देखि १२ बजेसम्म पोखरा महानगरपालिकाको कार्यालयमा धर्नासमेत दिएको छ । भोलि १५ गते कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने बताएको छ ।  

 

तस्वीरमा हेरौं:

 

 

 

 

 

 

 

 

 

 


 

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्