रुपन्देहीमा बालिकाकाे हत्या अभियाेगमा मातालाई पुर्पक्षका लागि थुनामा राख्र अनमति
भैरहवा | बैशाख ७, २०८०
FILE PHOTO
भैरहवा: झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो ।
सैनामैना नगरपालिका वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला अदालतले अरु १७ जनालाई धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
बालिका सीताको गत फागुन २० गते राति मृत्यु भएको र राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि आफन्तहरुले दाहसंस्कार गरेका थिए । सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटो रिक्सामा माताकहाँ लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिँदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो ।
सैनामैना नगरपालिका वडा नम्बर १० फूलबारी टोल निवासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

