कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी, मन्त्रीहरूको शपथ आज
पाेखरा | बैशाख ७, २०८०
नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ। बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए।
बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ।
यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए।
२०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएपछि खाली भएका यी मन्त्रालय कांग्रेसलाई दिने सत्ता साझेदार दलहरूबीच सहमति भएको थियो।
काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

