गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगेर प्रचण्डले भने -'खहरे सधैं उर्लिदैन'
काठमाडाैं | बैशाख ६, २०८०
तनहुँ: तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न प्रधानमन्त्री सहित शीर्ष नेता तनहुं पुगेका छन्।
भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै दिन तनहुँ पुगेका हुन्।
सो अवसरमा बोल्दै पुष्पकमल दाहालले गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे । उलने अन्य पार्टीलाई कटाक्ष गर्दै भने, ‘खहरे खोला सधैं उर्लिदैन । केही समय मात्रै हो ।’
प्रचण्ड बुधबार बिहान गोरखाको चुम उपत्यका पुगेर एउटा गुम्बाको कार्यक्रमलाई सम्बोधनपछि हेलिकोप्टरबाट तनहुँ आएका थिए ।
उता कांग्रेस सभापति देउवा काठमाडौंबाट सिधै तनहुँ पुगेका हुन्। तनहुँ १ मा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा. स्वर्णिम वाग्लेको चुनौती चिर्न शीर्ष नेता त्यहाँ पुगेका हुन्। उच्च राजनीतिक स्रोत काअनुसार तनहुंको चुनावमा खटिएका नेका महामन्त्री भित्रभित्रै स्वर्णिम वाग्लेलाई जिताउन लागेपछि सभापति देउवा सहित शिर्ष नेता आत्तिएका छन् ।
गगन थापाले तनहुंबाट वाग्लेलाई जिताएर राष्ट्रिय स्वतन्त्र पार्टी ससंसदीय दलको नेता बनाएर आफ्नो स्वार्थ अनुसार रास्वपालाई प्रयोग गर्ने रणनीतिमा लागेका छन् । थापाले चितवनको सभामा पनि रवि लामिछानेप्रति कुनै आलोचना नगरीकन फर्केपछि कांग्रेससीहरुमा छटपटी शुरु भएको छ ।
चुनावी कार्यक्रमलाई सम्बोधनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका छन्।
तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

