राज्यले बिर्सिएको नाथु र प्रल्हादलाई सम्झिदै गुरुङ समुदाय

पाेखरा | बैशाख ४, २०८०

राज्यले बिर्सिएको नाथु र प्रल्हादलाई सम्झिदै गुरुङ समुदाय

पोखरा:   राज्यले बिर्सिएको सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङलाई गुरुङ समुदायले सम्झिएको छ । 


सुब्बा नाथ प्रल्हाद प्रतिष्ठान कास्कीले नेपाल र अंग्रजबीचको राजगढको युद्धमा दुईसय वर्ष अगाडि वीरगति प्राप्त गरेका कास्कीका सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै स्मृति दिवस मनाउने भएको हो ।


प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल र अंग्रेजबीचको युद्धमा विरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेकाले सँगै लडेका सुब्बा नाथु प्रल्हादलाईसमेत राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले बताए । 


‘तत्कालिन समयमा नेपाल एकीकरणमा सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङले नेपाली सेनामा भर्ती भएर एकीकरणमा योगदान पु¥याएपनि राज्यले उचित सम्मान दिन सकेन, गुरुङले भने, ‘सँगै युद्धमा लडेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने तर नाथु प्रल्हादलाई किन नगर्ने रु’ उनले प्रश्न गरे । 

उनका अनुसार सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङको १२ औं पुस्ता कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानमा स्थायी बसोवास गर्दै आएका छन्  । 


अंग्रेजसँगको लडाइमा वि।स १८८७ सालमा सुब्बा प्रल्हाद गुरुङले युद्धमा नै वीरगति प्राप्त गरे, भने युद्ध अन्त भएपछि गाउँ फर्केका सुब्बा नाथु गुरुङको  वि।स १८७९ पुस २९ गते मृत्यु भएको बताइएको छ । 


सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान कास्कीले आगामी बैशाख ६ गते प्रा।डा जगमान गुरुङको प्रमुख आतिथ्यतामा माछापुच्छ«े गाउँपालिका २ मै स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्