भुलभुला आधारभुत विद्यालयमा युनाइटेड क्लबको पुस्तकालय

पाेखरा | बैशाख ४, २०८०

भुलभुला आधारभुत विद्यालयमा युनाइटेड क्लबको पुस्तकालय

पोखरा:    युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ ।

 

क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताहव्यापी कार्यक्रम अन्तरगत आइतबार भुलभुला आधारभुत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो ।

 

पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको संरक्षण र पुस्तकालयमा पुस्तकको ब्यवस्थाको लागि आफ्नो वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले वडाको विकासका लागि आफु हरदम लागीरहेको बताउदै भुलभुला देवी मन्दिर रहेको स्थानलाई पर्यटकीय स्थल बनाउन सकेको खण्डमा पुँडिटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने उल्लेख गरे ।  

 

युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आईरहेको सन्दर्भमा पोखरा ३३ तल्लो पुंडीटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरि शिक्षाको स्तरोन्नतीमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।

 

यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरेलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे ।

 

विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले पोखरा महानगरपालिका भित्र रहेतापनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्गथामा  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरेकोमा युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरे । ३३ नम्बर वडा महानगरको पनि कर्णाली जस्तो दुरदराजमा रहेकाले विद्यार्थी संख्या न्युन रहेको उनको भनाइ रहेको थियो ।

 

युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आइरहदा एकदर्जन वढी सामुदायिक विद्यालयहरुमा अक्षयकोष, छात्रावृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामाग्री बितरण जस्ता कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा भुलभुला आधारभुत विद्यालयमा आएर पुस्तकालय स्थापना गर्न पाउदा खुसी लागेको बताउदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उज्जवल भविष्यको समेत कामना गरे ।

 

युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुलभुला सामुदायिक बनका अध्यक्ष बैकुण्ठ गोदार, भुलभुला आमा समुहकी अध्यक्ष इश्वरी पोखरेल लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले गरेका थिए ।

 

क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए । 

काठमाडौं:   साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।   जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरास...

थप पढ्नुहोस्

दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।   इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको...

थप पढ्नुहोस्

भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।   तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि...

थप पढ्नुहोस्