सेती खोँचमा खसेर १२ वर्षीय बालिका बेपत्ता, खोजी कार्य जारी
पाेखरा | बैशाख २, २०८०
पोखरा: पोखराको सेती खोँचमा १२ बर्षीय स्मृति पराजुली खसेर बेपत्ता भएकी छिन् ।
पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने १२ वर्षीय पराजुली पोखरा १५ सिताराम पुल नजिकै खेल्ने क्रममा चिप्लेर सेती खोँचमा खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सेती खोँचमा खसेर बेपत्ता भएकी पराजुलीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी कालिका गणबाट उद्धारका लागि पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

