विद्यार्थी र अभिभावकबीच पिएमसीको क्यालेण्डर विमोचन
पाेखरा | चैत ३०, २०७९

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले आज नयाँ वर्ष २०८० को शैक्षिक क्यालेण्डर विमोचन गरेको छ ।
क्याम्पसले औपचारिक कार्यक्रमको आयोजना गर्दै अभिभावक र विद्यार्थीबीच क्यालेण्डर विमोचनसहित नयाँ वर्षको शुभकामनासमेत बाँड्यो ।
‘हामी समस्त अभिभावक र विद्यार्थीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दछौं’ क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले भने ‘नयाँ वर्षले ल्याउने उमंग र उत्साहले शैक्षिक उन्नयनमासमेत सफलता हात पारोस् ।’
क्याम्पसले गूणस्तरीय शिक्षा र सामुदायिक योगदानमा भूमिका खेलिरहेको बताउँदै अध्यक्ष लालचनले विद्यार्थीमात्र हैन अभिभावको लगावले पनि शिक्षामा महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गरे ।
सोही अवसरमा क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थी, अभिभावक र प्राध्यापकबीच शुभकामना बाँड्दै सबैले आ–आफ्नो भूमिका व्यावसायिक र जिम्मेवार भई पुरा गनुपर्ने स्मरण गरिन् ।
‘जिम्मेवारी नै सफलताको मानक हो’ प्रमुख पराजुलीले भनिन् ‘नयाँ वर्षमा क्यालेण्डरमात्र फेरिने छैन, हाम्रो जिम्मेवारी र विद्यार्थीको कत्र्तव्य पनि फेरिनेछ, सबैलाई शुभकामना ।’
बिहानी सत्रमा स्नातकतहतर्फ व्यवस्थापन र मानविकीका कक्षाहरु सञ्चालन गरिरहेको क्याम्पसले आगामी सत्रबाट अन्य संकाय थप्ने जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम ...
पोखरा: कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ । बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवट...
बलेवा: बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षाया...