खोई ६० लाख ? बालुवाले खायो

पाेखरा | चैत २९, २०७९

खोई ६० लाख ? बालुवाले खायो

पोखरा:   खोई ६० लाख ? बालुवाले खायो । खोई बालुवा ? दुवो पो उम्रियो । 


यो दृश्य पोखरा महानगरपालिका ६ लेकसाइडस्थित बाराहीघाटमा निर्माण गरिएको बिच भलिबल कोर्टको हो ।


गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा ‘२०७६’ सालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ सम्पन्न भएको थियो । सोही प्रतियोगिता अन्तरगत पोखराको फेवा किनारामा बिच भलिबल कोर्ट निर्माण गर्दा राष्ट्रिय खेलकुद परिषद्ले करिब ६० लाखको बालुवा खरिद गरेको थियो ।  


४ वटा कोर्टमध्ये दुइवटा अभ्यासका लागि र अन्य दुइवटा प्रतियोगिताका लागि प्रयोग गरिएको थियो । मैदानसँगै ड्रेस चेन्जिङ रुम र शौचालयसमेत निर्माण गरिएको थियो ।


ति भौतिक संरचनामध्ये अहिले ६० लाख लगानी गरिएको कोर्टको अवस्था नाजुक छ । अहिले उक्त भलिबल कोर्टमा खेलाडी होइन, दुवो मौलाएको छ । 


नेपाल ट्रष्टको नाममा रहेको सो जग्गामा निर्मित बिच भलिबल कोर्टको संरक्षण नहुँदा लगानीमात्रै डुबेन । मैदान गौचरणमा परिवर्तन भएको छ ।


नेपाल ट्रष्टको स्वामित्वमा रहेको उक्त बाराही घाटको जग्गामा निर्मित भलिबल कोटको संरक्षण गर्ने जिम्मा कसको भन्ने प्रश्नमा न राखेपसँग जवाफ छ न त नेपाल ट्रस्टसँग नै । दुवै संस्था अवाक छ । 


नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गा भएकाले भलिबल कोर्टको संरक्षण गर्ने जिम्मा ट्रस्टको नै भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको तर्क छ । 


मैदानको संरक्षण गर्न हारगुहार 


नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा राखपले बिच भलिबल कोर्ट निर्माण गरेपछि संरक्षण कस्ले गर्ने भन्ने विषय अन्यौलमा छ । 


मैदानको संरक्षण गर्दै खेलाडीहरु मौलाउनुपर्नेमा यतिबेला दुवो मौलाएको छ । र भलिबल कोर्ट गौचरणमा परिवर्तन भएको छ । तर सरोकारवाला व्यक्तिहरुले संरक्षण गर्न आावज नउठाएका भने होइन । 
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम बहादुर गुरुङले प्रदेश खेलकुद परिषद्लाई त्यस कोर्टको संरक्षणको जिम्मेवारी लिन आग्रह गर्दै आएको बताए । 


‘पोखरा आफैमा पर्यटकीय क्षेत्रको रुपमा अगाडि छ । पोखराको मुटु मानिने फेवातालको छेउमा नै उक्त बिच भलिबल कोर्ट निर्माण भएको छ, उपाध्यक्ष गुरुङले भने, ‘नेपाल ट्रष्टको नाममा भएपनि यसको संरक्षण गर्ने दायित्व प्रदेश खेलकुद परिषद्लाई दिन आग्रह गर्दै आएको छु ।’


उपाध्यक्ष गुरुङले राज्यले गरेको लाखौं लगानी चौरमा परिणत हुन थालेको भन्दै यसको संरक्षण गर्ने दायित्व संघमा राख्दा आफैले उत्तर नपाएको गुनासोसमेत गरे । 


यस्तै नेपाल ट्रष्टको स्वामित्वमा रहेको उक्त बाराही घाटको जग्गामा राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको भलिबल कोर्ट चौरमा परिणत भएको भन्दै यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको नेपाल भलिबल संघ गण्डकी प्रदेशका महासचिव टहलसिंह थापामगरले बताए । 


‘नेपाल ट्रस्टको सामित्वमा रहेको उक्त जग्गामा सरकारले भलिबल कोर्ट निर्माणमा लगानी गरेको छ, महासचिव थापामगरले सुनगाभा न्यूजसँग भने, ‘बिच भलिबल कोर्ट संरक्षण नहुँदा नियमित प्रतियोगितासँगै विभिन्न देशबाट घुम्ने आउने खेलाडीलाईसमेत जोड्न सकेका छैनौं ।’


करिब ६० लाखको लागतमा निर्माण भएको कोर्टमा साग गेम्सपछि संरक्षण नहुदा सन्नाटा छायो । त्यसपछि कुनै पनि प्रतियोगिता हुन सकेन । यसले भलिबल क्षेत्रमा काम गर्ने संस्था र अगुवाई गर्ने व्यक्तिहरुलाई समेत गिज्याइरहेको छ । 


केही महिना अगाडि स्पेनबाट ट्रेकिङमा आएका त्यहाँका राष्ट्रिय खेलाडीले पोखरामा बिच भलिबल खेल्ने प्रस्ताव राख्दा बिच भलिबल कोर्ट चौरमा परिणत हुँदा खेलाउन नसक्दा लज्जाबोध भएको स्रोतले बतायो । 


‘स्पेनबाट नेपाल घुम्न आएका त्यहाँका राष्ट्रिय खेलाडीले यहाँका खेलाडीसँग बिच भलिबल खेल्ने प्रस्ताव राखे, स्रोतले भन्यो, ‘प्रस्ताव स्वीकार गर्दै मैदान निरिक्षण गर्दा खेल्न नमिल्ने भएपछि खेलाएनौं ।’


२०७६ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत पोखरामा भएको बिच भलिबल खेलमा नेपालको प्रतिनिधित्व गरेका राष्ट्रिय खेलाडी राजु विक अहिले रोजीरोटीका लागि विदेश भासिएका छन् । 


 

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहर...

थप पढ्नुहोस्

प्रकाश सिलवाल:    महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नाग...

थप पढ्नुहोस्

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ ।   नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा...

थप पढ्नुहोस्