पिएन स्ववियु निर्वाचनको सम्पर्क कार्यालयमा ताला, सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्न माग
पाेखरा | चैत २८, २०७९
पोखरा: सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पर्क कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेपछि बैशाख ३ गते क्याम्पसले घोषणा गरेको निर्वाचन मितिमा असहमति जनाउँदै चार विद्यार्थी संगठनले स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गर्दै अखिल क्रान्तिकारी विप्लवका पिएन क्याम्पस अध्यक्ष सचिन सीले लोकतन्त्रमा निष्पक्ष निर्वाचन हुन नसकेको सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्दै तालाबन्दी गरेको बताए ।
‘लोकतन्त्रमा पनि स्ववियु निर्वाचन निष्पक्ष रुपमा क्याम्पस प्रशासनले गराउन सकेन, क्याम्पसबाट सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही हुनपर्छ भन्ने हाम्रो माग हो, सीले भने, ‘कुनै राजनीतिक दलको दवावमा क्याम्पस प्रशासनले सहमति विपरित निर्वाचनको तालिका निकाल्नु हाम्रो माग विपरित हो त्यसैले सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हौं ।’
अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी सयुक्त र अखिल छैठौले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै तालाबन्दी गरेका हुन् ।
सयुक्त रुपमा चार विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै प्रथम वर्षको परीक्षालाई असर पर्ने गरी निर्वाचन तालिका निकालिएको , क्याम्पस प्रशासन, स्ववियु निर्वाचन समितिले एकलौटी र मनोमानी रुपमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको आरोप लगाइएको छ । सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग समेत चार विद्यार्थी संगठनले राखेका छन् ।
उनीहरुले स्ववियु निर्वाचन समिति प्रमुख विकास केसी र सदस्य सचिव बोधराज ढकालको भूमिका शंकास्पद र गैरजिम्मेवारी रहेको भन्दै निर्वाचन तालिका खारेज गरी निर्वाचन प्रक्रिया नरोक्किनेजेल सम्म क्याम्पस प्रशासन र निर्वाचन सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हुन् ।
क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यालयमा तालाबन्दी नखुलेपछि बिबिए भवनमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । चार विद्यार्थी संगठनले सोही सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

