ब्याजदरको समस्या सम्बोधन हुन्छ-अर्थमन्त्री महत
काठमाडाैं | चैत २८, २०७९

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा अर्थमन्त्री महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताएका हुन्।
साधरण सभामा बोल्दै उनले ऋणको पुनर्तालिकीकरण गर्न थालिएको संकेत गरे।
अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए।
अर्थक्षेत्रमा दबाब रहेकोले यसलाई ध्यानमा राखेको उनको भनाइ छ।
'अर्थतन्त्रका सूचकहरू नकारात्मक मात्रै छैन, सञ्चिती राम्रो छ' उनले भने '४ प्रतिशत माथिको आर्थिक वृद्धि यो परिस्थितिमा सन्तोषजनक हो।'
अर्थमन्त्री महतले लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताए।
सरकारमा पनि निजी क्षेत्रमा पनि समस्या रहेकाले लगानीको वातवरण सहज बनाउन अल्पकालिन र मध्यमकालिन योजनाका साथ काम गरिने अर्थमन्त्री महतको भनाइ छ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...