बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झर्‍यो: प्रधानमन्त्री

काठमाडाैं | चैत २८, २०७९

बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झर्‍यो: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताएका छन्। 

 

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्‍य दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले   सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएको भन्दै बुहआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताएका हुन्।

 

उनले भने,'सरकारको प्रयासबाट सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन्। बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ।'

 

प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०३० सम्म दिगोविकास लक्ष्य हासिल गर्ने र २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने दिशातर्फ गइरहेको बताए।

 

यसका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी वृद्धि गर्नुपर्ने र लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यक रहेको उनले बताए।

 

प्रधानमन्त्रीले शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको बताए। आधारभूत तहमा भर्नादर ९५ प्रतिशत पुगेको उनको भनाइ छ।

 

आधारभूत खानेपानी सुविधा  ९५ प्रतिशत जनासंख्याको पहुँचमा पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै सतप्रतिशत जनताको घरमा विद्युत पुर्‍याउने रणनीति तयार भएको बताए।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्