लागुऔषधसहित ६ जना पक्राउ

काठमाडाैं | चैत २३, २०७९

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं : प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित  ६ जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी -१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका  छन्।

 

अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

यस्तै ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने  विकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्