गठबन्धनका नाममा देशलाई खोक्रो पारिँदै छ : अध्यक्ष ओली

काठमाडाैं | चैत १२, २०७९

गठबन्धनका नाममा देशलाई खोक्रो पारिँदै छ : अध्यक्ष ओली

सन्धिखर्क : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र एमालेबाहेकका दल राष्ट्र खोक्रो पार्न लागेका बताएका छन्। 

 

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। 

 

अध्यक्ष ओलीले विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको त्यो प्रयासलाई असफल पारेर मिसन ग्रासरुट मार्फत मिसन ५१ प्रतिशत उपलब्धी हात पार्ने बताए।

 

एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघमा सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिए। 

 

उनले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। अध्यक्ष ओलीले भने 'बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ' एमाले नेता तथा कार्यकर्ता बोली वचनबाट छुट्टिनु पर्छ। 

 

समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई आग्रह गरे। 'अहिले सिङ कस्का बलिया भनेर जोरी खोज्ने समय नभएको बताउँदै उनले मानवीय समाजको सभ्यतालाई बुझेर कम्युनिष्ट पाटीका नेता र अरू पाटीका नेता कार्ड छुट्ट्याउन नहुने बताए। 

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्