लेक लागेर खुम्बुमा एक विदेशीको मृत्यु, उद्धारमा समस्या

काठमाडाैं | चैत ७, २०७९

लेक लागेर खुम्बुमा एक विदेशीको मृत्यु, उद्धारमा समस्या

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। 

 

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको हाईअल्टिच्यूट अर्थात लेक लागेर मृत्यु भएको बताइएको छ। 

 

तर मौसम प्रतिकुलताका कारण शव उद्धारमा समस्या भएको छ। खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। 

 

अहिले सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा मृतकको पूरा विवरण लिन समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्