पारस आबद्ध टिमले जित्यो लिजेन्डस् लिगको उपाधि
काठमाडाैं | चैत ७, २०७९
काठमाडौं: विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ ।
कतारको दोहामा सोमबार राति भएको फाइनल खेलमा लायन्स वर्ल्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो । वर्ल्ड जायन्ट्सले दिएको एक सय ४८ रनको विजयी लक्ष्य एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।
एसियन लायन्सको जितमा तिलकरत्ने दिल्सानले ५८ रन बनाउनुभयो । उपुल थारंगाले ५७ तथा मिस्बा उल हक तथा मोहम्मद हाफिजले अविजित नौ नौ रन बनाउनुभयो । बलिङमा जायन्ट्सका मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । जायन्ट्सका लागि ज्याकक्विस कालिसले अविजित ७८ रन बनाउनुभयो । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन जोड्नुभयो ।
बलिङमा लायन्सका अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिनुभयो । फाइनल खेलमा पारस टोलीमा परेपनि उहाँले ब्याटिङ र बलिङको अवसर पाउनुभएन । पारसले अघिल्ला दुई खेलमा भने मौका पाउनुभएको थियो ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

