जब वात्सायनको श्रद्धामा उठे पोखरेली

पाेखरा | चैत ४, २०७९

जब वात्सायनको श्रद्धामा उठे पोखरेली

पोखरा:    कलाकार बालकृष्ण समद्धारा विश्वविख्यात चित्रकार साल्भाडोर डालीको उपमा पाएका दुर्गा बराल ‘वात्सायन’ले जीवनका ४५ बर्ष बढी नेपाली चित्रकलामा बिताए। 


जीवनको ८० बर्ष पार गर्दासम्म उनले चित्रकला त्यागेका छैनन् । नेपाली चित्रकला र काटुर्नको श्रीवृद्धीमा उनले सारा जीवन खर्चिए ।

 
सामाजिक विषयवस्तु र प्रकृतिका विषयमा अनेकन चित्र बनाए । नेपाली राजनीति र सामाजिक क्षेत्रका विकृतिमाथि चोटिलो कार्टुन प्रहार गरे । शान्त र हसिलो स्वभावका बात्सायनका कार्टुनमा राजनीतिमा देखिएका विकृतिमाथि दरिलो बिद्रोह झल्किन्छ, जसले कुनै समय सत्ता, संसद र प्रतिपक्षीमा बसेका दलहरुसमेत त्रसित बनेका थिए ।


चित्रकारिता प्रतिको लगावकै कारण उनले जीवनका अनेक आरोह अवरोहको सामना गरे । पढ्न भन्दा चित्र बनाउन ध्यान दिए । उनले विषयलाई अक्षरमा भन्दा चित्रमा बुझे । समाज र राजनीति शब्द र आवाजमा होइन, चित्रमा उतारे । चित्रकारितामा उनको जीवनपर्यन्त लगाव देखेर शनिबार पोखराले उनलाई रथारोहणसहित अभिनन्दन ग¥यो । कलाकारलाई राज्यले होइन, आम नागरिक र सर्वसाधारणले सम्मान दियो । उनी सम्मानित बने । 


वात्सायनको घर अगाडि शनिबार विहानदेखि विभिन्न थरीका मानिसका भिड थिए । त्यहाँ विद्यार्थी थिए । विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिका अग्रज उपस्थित थिए । कलाकारिता र साहित्यका अनुरागीहरु नहुने कुरै भएन । सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । उनको घरबाट रथयात्रा गराएर वात्सायन दम्पत्तिलाई विन्ध्यवासिनी मन्दिर पु¥याइएको थियो । पोखरेलीले वात्सायनको रथयात्रा हुने घर अगाडी श्रद्धास्वरुप घर अगाडी तामाको गाग्रीमा पानी भरेर फुल राखेका थिए ।


व्यंग्यचित्रकार बराललले चित्रकलाको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै जन्मभूमी पोखरा परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीन दर्जन वाङमयिक संघसंस्था लगायतले बराललाई नागरिक अभिनन्दन गरेका हुन् । बराल निवास नदीपुरबाट सुरु भएको रथयात्रा पोखरा बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमा पुगेर नागरिक अभिनन्द गरिएको थियो । बराललाई व्यंगचित्रकारितामा लाग्न साथ र सयोग गर्दै आएकी जीवनसंगिनी पार्वतीलाई पनि रथारोहणमा संगै राखेर अभिनन्दन गरिएको थियो । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, कवी तीर्थ श्रेष्ठ लगायतले बराललाई नागरिक अभिनन्दन गरेका थिए । 


सानै उमेर देखि धुलीमाटीमा औंलाले चित्र बनाएर चित्रकारिता सुरु गरेका बराल अहिले पनि चित्रकारितामा सक्रिय रहेर समाजका विकृति विसंगतीलाई चेटीलो प्रहार गर्दै सभ्य समाज निर्माणकालागि घच्घच्याउँदै आएका छन् । नेपाली चित्रकारितालाई अतियतार्थवादी धारमा डोर¥याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखेरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रंगको चित्रकारितामा स्थापित गर्दै  युवा पुस्तालाई चित्रकारितामा लाग्न प्रेरित गर्दै आएका छन् । 


वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै बरालले व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याउनु भएको वरिष्ठ साहित्यका सरुभक्त श्रेष्ठले बताए । बराल पोखरामा जन्मेका विश्वस्तरीय व्यंग्यचित्रकार रहेको पनि उनले बताए । चित्रकारिताका साथै फोटोग्राफी कला र प्रशिक्षणमा पनि उनको योगदान रहेको छ । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएका बराल देशविदेशसम्मै परिचित छन् । 


बराल व्यंग्यचित्रका बादसाह रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए । कलाको माध्यमबाट समाज र राजनीतिका विकृती तथा विसंगतलाई चिर्न कसैले सकेको छ भने त्यो नाम वात्स्यायन रहेको उनले श्रेष्ठले बताए । बराल कलाका माध्यमबाट साहित्यीक गतिविधि गर्न प्रोत्साहित गर्ने अभिभावकको रुपमा रहेको पनि श्रेष्ठले बताए । 


नेपाली कला क्षेत्रमा लामो समय काम गरेका बरालले दर्जनौं पुरस्कार एवम् सम्मान पाएका छन् । बरालले सन् १९६५ मा राष्ट्रिय कला प्रदर्शनी, नाफा, बिपी पत्रकारिता पुरस्कार, जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, वासुदेव लुइँटेल लगायतका पुरस्कार पाइसकेका छन् । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिक मार्फत वात्स्यायनले कार्टुन करिअर सुरु गरेका थिए । 


को हुन वात्सायान


१९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा १३) मा जन्मेका दुर्गा बराल ‘वात्स्यायन’ विश्वस्तरका व्यंग्यचित्रकार हुन् । पोखरामा ‘वाटर कलर स्कूल’ सुरु गर्ने श्रेय बराललाई जान्छ । बराल व्यंग्यचित्रकारिताबाट चर्चित रहे पनि पानी रङ्गको चित्र, फोटो ग्राफीमा उनको उतिकै दक्षता रहेको छ । व्यवसायिक रुपमा चित्र र फोटो ग्राफी समेत गरेको अनुभव उनि संग छ । उनले पोखरामा इगल आई स्टुडीयो चलाएर चित्र र फोटोग्राफीको व्यवसाय पनि गरेका थिए । 


जीव विज्ञानका विद्यार्थी बराल पढ्नमा भन्दा चित्र कोर्नमा सानै देखि मन पराउथे ।  पेन एन्ड इङ्कमा कोरिएका चित्र (चोक र तमसुक शृङ्खलामा रचिएका चित्र) तथा एक्रेलिकमा कोरिएका चित्र (द फेसेज अफ टाइम एन्ड कलर्स अफ सेन्सिबिलिटी नामक प्रर्दशनीमा प्रदर्शित कला)मा उनको आफ्नै मौलिकता देख्न सकिन्छ । चोक र तमसुक शृङ्खलामा रचिएका चित्र नेपाली कलाको कोशेडुंगा रहेको कवि तीर्थ श्रेष्ठ बताउँछन् । बरालको ‘समयको अनुहार र समयका रङ्गहरु’मा देशको पिढा (द्धन्द्धको प्रभाव) समेटिएको कवि श्रेष्ठ बताए ।

  
बरालले चार एकल चित्रकला प्रर्दशन गरेका छन् । उनको पहिलो चित्रकला प्रदर्शनी सन् १९७३ मा नेपाल ललित कला प्रतिष्ठान, काठमाडौंमा भएको थियो । यसैगरी सन् १९८३ मा नेपाल–भारत सांस्कृतिक केन्द्र, काठमाडौं, सन् २००४ मा  सिद्धार्थ आर्ट ग्यालरीमा र चौथो प्रदर्शनी सन् २००६ मा ग्यालरी नाइन लाजिम्पाटमा भएको थियो । स्वदेश तथा विलेशमा थुप्रै सामूहिक चित्रकला प्रर्दशनीमा उनि सहभागी भएका छन् । 


कार्टुनको क्षेत्रमा वात्स्यायनबाट बढी चिनिएका बराल यसैका माध्यमबाट आफूलाई नेपालकै सर्वोत्कृष्ट काटुनिस्टका रुपमा स्थापित गराएका छन् । साठीको दर्शकको मध्यतिर २० वर्षे कलिलो उमेरमै उनले नयाँ सन्देश साप्ताहिक पत्रिकामार्फत् आफ्नो कार्टुन करिअर सुरु गरेका थिए । साहित्यिक पत्रिका प्राङ्गण र राष्ट्रपुकार, मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमाडौं पोस्ट जस्ता पत्रपत्रिकामा काम गरेका थिए । कला क्षेत्रमा पाँच दर्शकभन्दा बढी समय विताइसकेका बरालले नेपाली राजनीतिक विकृति र त्यसको कुरुप तस्वीरलाई आफ्नो कलामार्फत जीवन्त देखाइदिने गरेका छन् । बरालले एकल कार्टुन प्रर्दशनी पनि गरेका छन् । 


उनको प्रकाशित कृतिमा वात्स्यायन एन्ड हिज बाब्र्सः अ कार्टुनिस्ट्स टेक अन पोस्ट १०९० नेपाल (भोल्युम १) रहेको छ । वात्स्यायन एन्ड हिज बाब्र्स (भोल्युम २), प्रकाशोन्मुख रहेको छ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्