पोखराका २० वर्षीय अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन

पाेखरा | चैत ३, २०७९

पोखराका २० वर्षीय अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन

पोखरा:  पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् ।

 

विहिबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताए । 

 

मेसिनको अनावरण सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाई उनको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गरेका छन् । 

 

सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरे । मैले आफुले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ ।’, अभिनासले भने । 

 

उनले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख उनले गरे । मेसिन निर्माण कार्यलाई उनले निरन्तरता दिने बताएका छन् । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिन । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ ।’, उनले भने । 


मेसिनको अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अभिनासले आफुले पढेको विषयलाई व्यावहारमा उतार्न गरेको प्रयास प्रशंसनिय रहेको उल्लेख गरे । यसले अन्य विद्यार्थीलाई समेत प्रोत्साहन मिल्नेमा उनी विश्वस्त छन् ।

 

अभिनासले निर्माण गरेको मेसिन देखाउनका लागि मात्र नभई व्यवसायका लागि बनेको धारणा उनले राखे । पोखरा महानगरपालिकाले सभागृहमा बिजनेस प्रोमोशन सेन्टरको स्थापना गरेको र नयाँ व्यावसायीहरुलाई प्रोत्साहन गर्दै आएको जानकारी गराए । 

 

अभिनासले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न पनि पोखरा महानगरपालिकाले सहज वातावरण मिलाउने अभिव्यक्ति उनको छ । विद्यार्थीलाई प्रोत्साहन गर्ने विषयमा महानगर सदैव तत्पर रहेको उनले बताए । 

 

पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनास जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रतिभाको कदर र संरक्षण नहुँदा जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यतालाई समाधान गर्न सरकारी निकाय देखि नीजि क्षेत्र समेत लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । 

 

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थी भाइबहिनीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताए । अब सैद्धान्तिक तहको अध्ययन सँगै सीप विकासको गतिविधिलाई समेत अगाडि बढाउनुपर्ने धारणा उनको छ । 

 

गुराँस आर्टस्का निर्देशक अभिनासका बुबा शिव बहादुर अधिकारीले आफुले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको थियो । 

पर्वत:  यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्...

थप पढ्नुहोस्

म्याग्दी:  मुस्ताङमा रहेको कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ। कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड ग...

थप पढ्नुहोस्

सोलुखुम्बु:  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले हिँडेको बाटो खोल्न लागिएको छ। न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक ...

थप पढ्नुहोस्