सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं | फागुन २३, २०७९
काठमाडौं : बजारमा सुनको मूल्य सस्तिएको छ। आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
तेजावी सुन तोलाको १ लाख २००० रुपैयाँ तोकिएको छ। महासंघअनुसार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

